आज थपिए १४५ जना कोरोना संक्रमित

आज थपिए १४५ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज थप १४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३९६३ जनाको गरिएको पीसीआर परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७२ हजार १ सय ८७ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०२० रहेको छ । गत २४ घण्टामा काठमाडौंमा ५३, भक्तपुरमा २ र ललितपुरमा ६ गरी उपत्यकामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।