आज थपिए ७७ जना कोरोना संक्रमित

आज थपिए ७७ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरसका ७७ जना संक्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ७७ जनामा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ९०६ पुगेको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा १०६ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७१ हजार ९११ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल ९६९ जनामा कोरोनाको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले हाल ४८ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८।६ प्रतिशत रहेको छ । हालसम्म तीन हजार १६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा भक्तपुरमा दुई, ललितपुरमा पाँच र काठमाडौंमा ३४ जनासहित ४१ जना सङ्क्रमित थपिएका छन् ।