आज थपिए १२५ जना कोरोना संक्रमित, थप एक जनाको निधन

आज थपिए १२५ जना कोरोना संक्रमित, थप एक जनाको निधन

काठमाडौं । नेपालमा आज थप १२५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २१६१ जनाको गरिएको पीसीआर परीक्षणमा १२५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ७१ हजार ७ सय ३३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा एक जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ रहेको छ ।