अब विदेशबाट आउने पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने

अब विदेशबाट आउने पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने

काठमाडौं ।  मन्त्रिपरिषदले विदेशबाट आउने पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको रिपोर्ट ल्याउने पर्यटक क्वारेन्टिन बस्नु नपर्ने निर्णय गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले क्वारेन्टिनको व्यवस्था हटाइएको जानकारी दिए। क्वारेन्टिन व्यवस्थाले विदेशी पर्यटक आउन अप्ठ्यारो भएको भन्दै नेपाली पर्यटन व्यवसायीले हटाउन माग गर्दै आएका छन्।

‘मन्त्रिपरिषद बैठकले क्वारेन्टिन व्यवस्था हटाएको छ’, मन्त्री ढकालले भने। मन्त्रिपरिषदले पर्यटकहरुका लागि सहज प्रवेशको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अनराइभल भिसा दिनेसमेत निर्णय गरेको छ।