आज थपिए १०७ जना कोरोना सङ्क्रमित

आज थपिए १०७ जना कोरोना सङ्क्रमित

काठमाडौं  । देशभर पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार २५४ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो समय कारोनाका कारण एक जनाको मृत्यु भएको छ ।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै पछिल्लो समय थप १०७ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार ६१० रहेको छ । निको हुने दर भने ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

अहिले देशभर एक हजार सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ५२ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेशनमा रहेका छन् । हालसम्म नेपालमा २२ लाख २७ हजार ५४७ को पिसिआर परीक्षण भएको छ । हालसम्मा तीन हजार १५ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।