निर्मला काण्डमा गृहमन्त्री बादलको संलग्नता रहेको खगेन्द्र संग्रौलाको ठोकुवा

निर्मला काण्डमा गृहमन्त्री बादलको संलग्नता रहेको खगेन्द्र संग्रौलाको ठोकुवा

काठमाडौं । लेखक तथा नागरिक अगुवा खगेन्द्र संग्रौलाले गृहमन्त्री राम बहादुर थापा बादलमाथि गम्भीर आरोप लगाएका छन् । संग्रौलाले निर्मला काण्डमा गृहमन्त्री बदलाको संलग्नता भएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेक संग्रौलाले थापामाथि निर्मला काण्डमा बादलको संलग्नता भएको गम्भीर आरोप लगाएका हुन् । निर्मला पन्तको घटनामा गृहमन्त्री थापाकै संलग्नता भएकै कारण थापा ओली समक्ष निरीह बनेको संग्रौलाले आरोप लगाएका छन् । निर्मला काण्डमा संलग्न भएकै कारण गृहमन्त्री थापा प्रधानमन्त्री केपी शर्मा ओलीले ब्ल्याकमेलिङ गरिरहेको पनि संग्रौलाको आरोप छ ।

आफ्नो सत्ता स्वार्थका लागि ओलीले सोही विषयमा बादललाई ब्ल्याकमेलिङ गरिरहेका समेत संग्रौलाले लेखेका छन् । यी सबै विषयमा अहिले बाहिर जानकारी नआएपनि समयक्रममा सबै खुल्दै जाने संग्रौलाले लेखेका छन् ।

धेरै कुरा समयक्रममा खुल्दै जाने भन्दै संग्रौलाले लेखेका छन्, ‘निर्मला पन्तको बलात्कारपछि हत्यामा राम बहादुर थापा ’बादल’ को संम्लग्नताले उनी निरीह बने । उनको निरीह पनलाई केपी ओलीले ब्ल्याकमेलिङ गरिरहेका छन् । आफ्नो सत्ता स्वार्थलाई । धेरै कुरा समयक्रममा खुल्दै जाने छ ।’