आज थपिए ६० जना कोरोना संक्रमित, थप २ जनाको निधन

आज थपिए ६० जना कोरोना संक्रमित, थप २ जनाको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरि ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २३ सय ६२ जनाको पीसीआर परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७५ हजार एक सय ७८ पुगेको छ । यस्तै गएको २४ घण्टामा ७२ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७१ हजार दुई सय ४९ पुगेको छ । 

गएको २४ घण्टामा दुई जना कोरोना संक्रमितको ज्यान गएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार १४ पुगेको स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा नौ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।