नेपालमा लगातार ओरालो लाग्यो कोरोना संक्रमितको संख्या, आज ६७ जनामा संक्रमण पुष्टि

नेपालमा लगातार ओरालो लाग्यो कोरोना संक्रमितको संख्या, आज ६७ जनामा संक्रमण पुष्टि

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्यामा दैनिक कमी आएको छ । आज थप ६७ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३९९ नमूना परीक्षण गर्दा ६७ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ३६१ पुगेको छ। पछिल्लो २४ घन्टामा ६२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ६०५ पुगेको छ।

निको हुने दर ९८। ६ प्रतिशत पुगेको छ।