२०७८ सालमा तीन दशैं, असोज २९ गते विजयादशमी

२०७८ सालमा तीन दशैं, असोज २९ गते विजयादशमी

काठमाडाैं । विसं २०७८ मा तीन दशैं परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैं परेको छ। वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं परेको छ । बडादशैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैं आगामी वर्ष असोज २१ गते विहीबार घटस्थापना गरेर शुरु हुने भएको छ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते विहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ।

कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि सुरु हुनेछ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।