कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३३९ पुग्यो

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३३९ पुग्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट मृत्यु भएको हो। 

योसहित २१ देशमा कोरोना संक्रमणले ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ। गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२  हजार ४ सय १ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। 

तीमध्ये ६० हजार १ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।