आज थपिए ८१ जना कोरोना सङ्क्रमित, थप २ जनाको निधन

आज थपिए ८१ जना कोरोना सङ्क्रमित, थप २ जनाको निधन

काठमाडौं । नेपालमा कोरोना भाइरसका ८१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनाको पीसीआर परीक्षण गरिएकोमा ८१ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल बिरामीको संख्या दुई लाख ७४ हजार ६५ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा ६२ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७० हजार ३२५ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल ९६७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

नेपालमा हालसम्म २१ लाख ६० हजार ४०४ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल ९६७ जना आइसोलेशनमा र ६२ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।