विकासशिल मुलुकमा स्तरोन्नति हुन नेपालसहित ३ मुलुक सिफारिस

विकासशिल मुलुकमा स्तरोन्नति हुन नेपालसहित ३ मुलुक सिफारिस

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिबाट नेपालसहित तीन मुलुक स्तरोन्नतिका लागि सिफारिस गरिएको छ । सिफारिस हुनेहरुमा नेपाल, लाओस र बङ्गलादेश अतिकम विकसित मुलकबाट विकासशिल मुलुकमा स्तरोन्नति हुन सिफारिसमा गरिएको हो ।

स्तरोन्नति हुन कम्तिमा तीन क्षेत्रमा तोकिएको मापदण्ड पूरा गर्नु पर्छ । संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी नियोगले समितिबाट भएको सिफारिसलाई संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिसदबाट स्वीकृत हुनुपर्ने हुन्छ ।

अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ ।

प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।

पछिल्लो समय नेपालमा सन २०१५ को भूकम्प र जारी कोरोना भाइरसको महामारीले भने प्रतिव्यक्ति आयमा प्रभाव पारेको छ ।