आज थपिए ११२ जनामा कोरोना संक्रमित, मृतक ८३ जना थपिए

आज थपिए ११२ जनामा कोरोना संक्रमित, मृतक ८३ जना थपिए

काठमाडौं । नेपालमा कोरोना भाइरस  संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ । यसैगरी विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका थप ८२ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

योसहित हिजोको तथ्यांकमा थप ८३ मृतकको संख्या थपिएको छ । मन्त्रालयका अनुसार योसहित हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख २ हजार ७६७ पुगेको हो । 

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ४११ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ६० जना पुरुष गरी कुल ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८४ जना संक्रमणमुक्त भएका हुन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।