जनताको चाहना राष्ट्रिय सहमति हो, टाउको गन्ने खेल नहोस् : डा. भट्टराई

जनताको चाहना राष्ट्रिय सहमति हो, टाउको गन्ने खेल नहोस् : डा. भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतपछि राजनीति पुनः दल र नेताको कोर्टमा पुगेको बताएका छन्।

उनले दल र नेताको कोर्टमा राजनीति पुगेपछि पुरानै कुर्सको खेल सुरु हुने खतरा रहेको बताए। उनले अब टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्ने भन्दै जनता र देशको चाहना भने राष्ट्रिय सहमति रहेको बताएका छन्।

‘सुप्रिम कोर्टपछि राजनीति पुनः दलरनेताको कोर्टमा पुगेको छ।घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरू हुने खतरा छ। टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ। देशको आवश्यकता र जनताको चाहना दल र नेताले पाठ सिकून्। नयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है! चेतना भया!’, बिहीबार बिहान भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।