आज थपिए ११० जना कोरोना संक्रमित, थप ४ जनाको निधन

आज थपिए ११० जना कोरोना संक्रमित, थप ४ जनाको निधन

काठमाडौं । नेपालमा आज कोरोना भाइरसका ११० जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ७३ हजार ६६६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा तीन हजार २१८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ११० जनामा संक्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म दुई लाख ७० हजार ६८ जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल एक हजार ५३३ जनामा भाइरसको संक्रमण सक्रिय रहेको छ । हाल ६५ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयले हालसम्म २१ लाख ४६ हजार ५३३ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । 

पछिल्लो चौबीस घण्टामा चार जना संक्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना संक्रमणबाट नेपालमा दुई हजार ६५ जनाको मृत्यु भएको छ ।