धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ। 

कोभिड अस्थायी अस्पतालमा उपचाररत गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार बिहान ५ बजेतिर मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। 

कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि फागुन ३ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको बताउदै सूचना अधिकारी श्रेष्ठले आज बिहान संक्रमित पुरुषको मृत्यु भएको बताए।