फेकनको साधारणसभा सम्पन्न, यस्तो छ नवनिर्वाचित कार्यसमिति

फेकनको साधारणसभा सम्पन्न, यस्तो छ नवनिर्वाचित कार्यसमिति

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को १० औ साधारण सभा सम्पन्न भएको छ । शनिबार गैह्रीधारको एलिश बैंक्वेयटमा भएको साधारणसभाले बाशु नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिमा उपाध्यक्षमा प्रज्वल बस्नेत र  हेमन्त दुलाल निर्वाचित भएका छन् भने महासचिवमा राजु निरौला विजयस् भएका छन् । त्यसैगरी सचिवमा छवि ओझा र  उमेश कुश्वार विजयी भएका छन् । 

त्यसैगरी कोषाध्यक्षमा अनिल शर्मा र कार्यसमिति सदस्यहरुमा दीपा लामिछाने, इन्द्र जीत गौतम, रेश्मा राजथला, दिनेश न्यौपाने, सविन खड्का, र सुदेश पोखरेल विजयी भएका छन् । 

कार्यक्रममा विगत ६ वर्षदेखि फेकनको नेतृत्व गरेका युवराज कट्वालले नयाँ नेतृत्वले आफ्नो कार्यकालमा शुरु भइ सम्पन्न नभएका योजनाहरुलाई नयाँ नेतृत्वले पूरा गर्ने विश्वासको साथ नवनिर्वाचत कार्यसमितिलाई वधाई दिएका थिए ।