आज देशका यी स्थानमा हुनेछ वर्षा

आज देशका यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । पश्चिमी वायुको प्रभावको कारण अहिले देशका अधिकांश स्थानको मौसम सामान्य बदली भएको छ।  दिउँसो बागमती, गण्डकी र प्रदेश नम्बर एकका केहि स्थानमा पानी पर्ने संभावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

यी तीनै प्रदेशका पहाडी तथा उच्च हिमाली भेगमा हिमपात हुने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए। 

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान ५ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २२ डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान गरेको छ।