देशभर थपिए १०४ कोरोना संक्रमित, मृतक शून्य

देशभर थपिए १०४ कोरोना संक्रमित, मृतक शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ ।

संक्रमितमध्ये २ लाख ६९ हजार ६० जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १३१ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०४ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप मृत्यु हुनेको संख्या आइतवार शून्य रहेको छ । कोरोनाले मृत्यु हुनेको कूल संख्या हालसम्म २ हजार ५४ रहेको छ ।