निर्वाचन आचारसंहिता जारी गर्ने आयोगको तयारी

निर्वाचन आचारसंहिता जारी गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले चुनावको आचारसंहिता ल्याउने तयारी गरेको छ । चुनावी आचारसंहिताबारे छलफल गर्न आयोगले राजनीतिक दलका नेताहरुलाई बोलाएको छ ।

बैशाख १७ र २७ गते हुने चुनावका लागि आयोगले आचारसंहितामाथि दलका नेताहरुसँग छलफल गर्न लागेको हो । बिहान ११ बजे निर्वाचन आयोग कार्यालयमा हुने छलफलमा सबै दलका अध्यक्ष, सभापति तथा प्रतिनिधिहरुलाई बोलाइएको छ ।

निर्वाचन आचारसंहिताको मस्यौदा तयार भइसकेको र दलका नेताहरुको सुझाव लिएर छिट्टै जारी गरिने आयोगको भनाई छ । तर सत्तारुढ नेकपाको आधिकारिक विवाद टुंग्याउन नसकेको भन्दै निर्वाचन आयोग आलोचित छ ।

निर्वाचन आयोगका अनुसार आचारसंहिता र नेकपाको आधिकारिकता विवाद सँगसँगै टुङ्गो लगाउने तयारी भैरहेको छ । नेकपाको आधिकारिकता विवादबारे आयोगले अध्ययन गरिरहेको बताइएको छ ।