सोमबारसम्म वर्षा र हिमपातको सम्भावना

सोमबारसम्म वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मुलुकमा फेरि पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपात र वर्षाको पूर्वनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा सोमबार रातिसम्म ठाउँठाउँमा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य  पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आगामी २४ घण्टा उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

फाल्गुन १ गते 

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ का पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

फाल्गुन ०२ गते 
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

फाल्गुन ०३ गते 

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ ।

राति : प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।