आज थपिए १२७ जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

आज थपिए १२७ जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टमा थप १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२७ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५७ जना पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ हजार ७०७ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १३६ जना निको भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना निको हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ। पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै अहिलेसम्म नेपालमा २ हजार ५४ कोरोना संक्रमितको निधन भएको मनत्रालयले जनाएको छ।