बुधबारदेखि हराइरहेका तीन वर्षीय हिमांसु घर अगाडिकै नालामा मृत भेटिए

बुधबारदेखि हराइरहेका तीन वर्षीय हिमांसु घर अगाडिकै नालामा मृत भेटिए

काठमाडौं । सर्लाहीमा नालामा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ। पर्सा गाउँपालिका(५ बस्ने ब्रह्मदेव साहका तीन वर्षीय छोरा हिमांसु साहको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० मदन कुँवरका अनुसार हिमांसु बुधबार दिउँसोदेखि हराइरहेका थिए। 
दिउँसो करिब साढे ४ बजे खेल्नेक्रममा हिमांसु बेपत्ता थिए।

खोजी गर्दै जानेक्रममा बिहीबार बालक घर अगाडिको नालामा मृत भेटिएको डिएसपी कुँवरले बताए। कार्यालयबाट प्रहरी निरीक्षक दीपक चोरवारसहित सात जनाको टोली खटिएको उनले बताए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।