आज थपिए ८१ जना कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

आज थपिए ८१ जना कोरोना संक्रमित, थप ५ जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणका कारण थप ८१ जना संक्रमित भएका छन्। यससँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७१८ पुगेको छ। 

हाल देशभर २ लाख ७२ हजार ४३० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

यस्तै, कोभिड १९ संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ। हालसम्म २ हजार ५२ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ।