चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ

चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं : प्रहरीले काठमाडौंको चोभारबाट एउटा पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड गोलीसहित तीन जनालाई पक्राउ गरेको छ । बा १७ च ८३६४ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले बताए । यसबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।