एन्फालाई एएफसीले गर्‍यो ३५ हजार डलर जरिवाना

एन्फालाई एएफसीले गर्‍यो ३५ हजार डलर जरिवाना

काठमाडौंः एसियन फुटबल फेडेरेशन (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ३५ हजार अमेरिकी डलर जरिवाना गरेको छ। मुख्य प्रशिक्षक विष्णु गुरुङलाई एएफसीले एक हजार अमेरिकी डलर जरिवाना गरेको छ।
एएफसीको अनुशासन तथा आचारसंहिता समितिको मंगलबार र बुधबार बसेको बैठकले नेपाललाई जरिवाना गरेको हो। मापदण्ड नपुर्‍याइ क्लबहररूलाई अनुमति दिएकोमा एन्फामाथि ३५ हजार डलरको जरिवाना गरेको हो।

नेपालले जरिवाना बापतको रकम दुई वर्षभित्र जम्मा नगरे निलम्बन हुँदै प्रतिबन्धसम्म लाग्न सक्ने एएफसीको निर्णयमा सचेत गराइएको छ।

पछिल्लो सिजन मनाङ मर्स्याङ्दी क्लब घरेलु लिग जित्दै नेपालको प्रतिनिधित्व गरेर एएफसी कप २०१९ खेलेको थियो। समूह चरणबाटै बाहिरिएको मनाङलाई एन्फाले मापदण्ड विपरीत खेल्न मान्यता दिएको एएफसीले आरोप छ।