आज थपिए १६० जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

आज थपिए १६० जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप १ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७२ हजार २ सय १५ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १७ सय ३७ छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बितेको २४ घण्टामा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणले २ हजार ४७ जनाको मृत्यु भइसकेको छ।

पछिल्लोपटक १ सय ६५ जना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ६८ हजार ४ सय ३१ संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ८७ छ। नेपालमा हालसम्म २१ लाख १ हजार सय ५९ जनाको पिसिआर परीक्षण गरिएको छ।