लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा दीपक गुरुङ मनोनीत, जनाए यस्तो प्रतिबद्धता

लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा दीपक गुरुङ मनोनीत, जनाए यस्तो प्रतिबद्धता

काठमाडाैं । लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश प्रमुखमा दीपक गुरुङ मनोनीत भएका छन् । ०७१ सालमा स्थापना भएको लोकतान्त्रिक खेलकुद संघ नेपाली कांग्रेसको भ्रातृसंगठन हो ।

प्रदेश प्रमुख गुरुङ बक्सिङका पूर्वराष्ट्रिय खेलाडी हुन् । गुरुङले नेपाल बक्सिङ संघको पूर्वमहासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । बुढानीलकण्ठ ११ का बासिन्दा गुरुङले लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको लामो कालखण्ड बिताएका छन् । बागमती प्रदेशको प्रमुखमा निर्वाचित गुरुङले आफूलाई पार्टीले दिएको जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मनोनीत भएसँगै गुरुङले खेलक्षेत्रमा रहेका भ्रष्टाचार, अनियमिततालगायत विकृति अन्त्य गर्न  लागिपर्नुका साथै ओलम्पिक खेल दर्ता भएका विभिन्न खेलको स्तरोन्नति गरेर नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्ने बताए ।