नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झर्‍यो, आज देशभर थपिए मात्र ९९ जना

नेपालमा कोरोना संक्रमितको संख्या दुई अंकमा झर्‍यो, आज देशभर थपिए मात्र ९९ जना

काठमाडौं । नेपालमा दैनिक कोरोना भाइरसका नयाँ संक्रमितहरूको संख्या घट्दो क्रममा रहेको छ। पछिल्लो २४ घण्टामा देशभरमा गरी ९९ जना नयाँ संक्रमित थपिएका छन्।

२४ घन्टामा देशभर दुई हजार सात सय ९४ जनाको पिसिआर परीक्षण गर्दा जम्मा ९९ जनामा नयाँ संक्रमण देखिएको हो। यस्तै, मन्त्रालयको विवरणअनुसार २४ घन्टामा कोरोनाका कारण देशभर कसैले ज्यान गुमाएका छैन। त्यस्तै आज कोरोना संक्रमण मुक्त हुनेहरूको संख्या २४८ छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभर एक हजार ९ सय ५९ जना संक्रमित आइसोलेसनमा रहेको बताइएको छ।  यस्तै उपत्यकामा आज ६६ जना नयाँ संक्रमित भेटिएका छन्।