आज थपिए १०५ जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

आज थपिए १०५ जना कोरोना संक्रमित, थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप १०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २७९९ जनाको गरिएको पीसीआर परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा २७२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ५ सय ६४ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ५८ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ४३, भक्तपुरमा ३ र ललितपुरमा १२ जना संक्रमित थपिए ।