नेपाल प्रवेश गर्‍यो न्यून चापीय प्रणाली, काठमाडौंसहित देशभर वर्षाको सम्भावना

नेपाल प्रवेश गर्‍यो न्यून चापीय प्रणाली, काठमाडौंसहित देशभर वर्षाको सम्भावना

काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेको र यसले देशका अधिकांश स्थानमा मौसम बदली, वर्षा तथा हिमपात गराउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालयका अनुसार पश्चिमी न्यून चापीय प्रणाली हिजो प्रवेश गरेको हो।

‘यसले पश्चिमी क्षेत्रमा वर्षा पनि गराइसकेको हुनुपर्छ, त्यसको रेकर्ड ८स्४५ तिर मात्र प्राप्त हुन्छ,’ शुक्रबार बिहान मौसमविद् अर्यालले भने, ‘यो प्रणाली गण्डकी प्रदेशसम्म फैलिसकेको छ र बागमती प्रदेशमा प्रवेश गर्ने क्रममा छ।’उनका अनुसार आज अपराह्न वा साँझतिर काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे प्रकाशन गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

यसैगरी देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावनासमेत छ।