बन्द, हड्ताल गर्नेलाई कडा कारबाही गर्छौः प्रहरी

बन्द, हड्ताल गर्नेलाई कडा कारबाही गर्छौः प्रहरी

काठमाडौं । नेपाल प्रहरीले आमहड्तालका नाममा अराजग गतिविधिमा संलग्नलाई कारबाही गर्ने जनाएको छ । मानिसलाई जबरजस्ती दुःख दिने, पसल बन्द गर्ने, सवारी साधन रोक्नेलाई कारबाही गर्ने प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुवँरले बताए ।

नेपाल बन्दको घोषणा गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाउने भएको हो ।  कुँवरले आन्दोलनकारीहरु तोडफोडमा उत्रिए कारबाही गर्ने चेतावनी दिएका हुन् ।

नेकपा (दाहाल–नेपाल पक्ष)ले बिहीबार देशैभर आमहड्तालको घोषणा गरेको छ । यो अवधिमा स्वास्थ्य सेवा, एम्बुलेन्स, खाद्यान्न, विद्यालयको परीक्षा भने सञ्चालन हुनेछन् । दाहाल–नेपाल पक्षले गरेको बन्दका कारण यातायातका साधन सञ्चालनमा नआउने भएपछि परीक्षा दिने विद्यार्थीलाई भने समस्या हुने छ ।