चुनाव हुँदैन, कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ : डा. भट्टराई

चुनाव हुँदैन, कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ : डा. भट्टराई


रोल्पा । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सङ्घीयता, गणतन्त्र र संविधानको पक्षमा नरहेको बताएका छन्। रोल्पाको लिबाङमा आइतवार आयोजित एक अन्तरक्र्रिया कार्यक्रममा भट्टराईले ओली गणतन्त्र विरोधी नेता भएको आरोप लगाए । गुप्तचर र सुरक्षा निकायमा ओलीले आफ्नो मान्छे राखेको भन्दै भट्टराईले त्यसको आलोचनासमेत गरे । 

संवैधानिक आयोगहरुमा पनि सबै अफ्नो गोजीको मान्छेलाई राखेको तथा न्यायलयमा कार्यकारीको लामो समयसम्म पनि नहट्ने गरि डरलाग्दो छायाँ परेको जिकिर गरे । ‘कुनै पनि तानाशाहले आफूले नजित्ने चुनाव गराएको इतिहास विश्वमै छैन्’, भट्टराईले भने ‘त्यसैले कांग्रेसले झर्ला र खाम्ला भन्ने नसोचे हुन्छ ।’ 

राजाले जस्तै ओलीले पनि नेपालमा राजनीतिक ‘कु’ गरेर अहिलेको व्यवस्था फाल्न खोजेको भन्दै तेस्रो जनआन्दोलनको विकल्प नभएको पनि भट्टराईले उल्लेख गरे ।