नेपालमा अमेरिकी राजदुतको दौडधूप, प्रधान सेनापति थापासँग पनि भेट

नेपालमा अमेरिकी राजदुतको दौडधूप, प्रधान सेनापति थापासँग पनि भेट

काठमाडौं । अमेरिकाकी राष्ट्रपतिका रुपमा जोए बाइडेनले जिम्मेवारी सम्हालेयता नेपालस्थित अमेरिकी राजदुत र्‍यान्डी बेरीको दौडधुप बाक्लिएको छ।

राष्ट्रपति बाइडेनको सन्देश भन्दै उनी राज्यका विभिन्न महत्वपूर्ण निकायका अधिकारीलाई भेटिरहेका छन्। यसैबीच उनले शुक्रबार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेटे।

जङ्गी अड्डामा भएको भेटघाटमा पारस्परिक हित र आपसी सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। यसअघी बेरीले प्रधानमन्त्री केपी ओलीलाई भेटेका थिए। उनले नेकपाका माधवकुमार नेपाल, पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवासँग भेटिसकेका छन्।

जनवरी २० तारिखमा बाइडेनले अमेरिकाको कार्यकारी प्रमुख सम्हालेपछि नेपालका लागि दुतका रुपमा बेरीको सक्रियता बढेको हो।