चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा

चार पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुख ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी विज्ञप्ति प्रकाशित गरेको भन्दै सर्वोच्च अदालतमा ४ जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ताको निवेदन पेश भएको छ । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ताको प्रक्रिया अगाडि बढेको हो । 

कुमार शर्माले अवहेलनासम्बन्धी मुद्दा दर्ताका लागि निवेदन दिएका हुन् । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले अवहेलना मुद्दा दर्ताको प्रक्रियामा रहेको र आजै दर्ता हुने लोकान्तरलाई जानकारी दिए । न्यायिक आचरणविपरीत पूर्व प्रधानन्यायाधीशहरूले विज्ञप्ति जारी गरेको भन्दै चर्को आलोचना भएको थियो । 

पूर्व सभामुख दमननाथ ढुंगानाविरुद्ध पनि अदालतको अवहेलना मुद्दा दर्ताको लागि निवेदन पेश भएको छ । ढुंगानाले संविधानको भावनाविपरीत फैसला गरे न्यायाधीशलाई सडकबाट तान्ने अवस्था आउने अभिव्यक्ति दिएका थिए । 

सर्वोच्चमा मंगलवार नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।