आज थपिए ३३९ जना  कोरोना संक्रमित, थप १० जनाको निधन

आज थपिए ३३९ जना  कोरोना संक्रमित, थप १० जनाको निधन

काठमाडौं । गएको २४ घण्टामा देशभर तीन सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६९ हजार सात सय ८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चार सय एक जना निको भएसँगै कोरोना संक्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ६४ हजार पाँच सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज थप १० जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ११ पुगेको छ । अहिले नेपालमा तीन हजार दुई सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।