आज थपिए २७० जना कोरोना संक्रमित, थप ७ जनाको मृत्यु

आज थपिए २७० जना कोरोना संक्रमित, थप ७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

कूल संक्रमितमध्ये २ लाख ६४ हजार १३७ संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा ४०३ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । आइतवार देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

कोरोनाले थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या २ हजार १ पुगेको मन्त्रालयले जनाएको छ ।