दुलाहा बने मुख्यमन्त्री राई, रिसेप्सन आजै

दुलाहा बने मुख्यमन्त्री राई, रिसेप्सन आजै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आईतबार विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले जाङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्।

४९ वर्षीय राईले आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पालाई जीवनसाथी रोजेका हुन्। उनीहरू केही समयदेखि प्रेम सम्वन्धमा थिए। विवाहको आजै हुने रिसेप्सन आजै हुने कार्यक्रम रहेको छ। 

मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा हजुरआमासँग बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा छन्।