आज थपिए २३२ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

आज थपिए २३२ जना कोरोना संक्रमित, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर २ सय ३२ जनामा कोरोना संक्रमण भएको छ । ३ हजार ५ सय ४१ जनाको पीसीआर परिक्षण गर्दा शनिवार २ सय ३२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । 

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको  छ । शनिवार ३ सय ८६ जना संक्रमित कोरोना भाइरस मुक्त भएका छन् । यससँगै कोरोना भाइरसमुक्त हुनेहरूको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको छ । 

कोरोना भाइरस मुक्त हुने दर ९७।९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । आज ८ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९४ रहेको छ ।