आज ४३० जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

आज ४३० जना कोरोना संक्रमित थपिए, थप ५ जनाको मृत्यु

काठमाडौ । नेपालमा मंगलबार थप ४ सय ३० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । त्यस्तै मंगलबार थप ३ सय ९० संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा २ लाख ५९ हजार ३५८ जना संक्रमित निको भएका छन् । कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

हाल नेपालमा २ सय ३७ जना क्वारेन्टिनमा रहेका छन । अहिले देशभर ४ हजार ४०८ सक्रिय संक्रमित रहेका छन ।