पृथ्वी जयन्तीको अवसरमा निकालिएको र्‍यालीमा राप्रपाका कार्यकर्ता र प्रहरीबीच हात हालाहाल

पृथ्वी जयन्तीको अवसरमा निकालिएको र्‍यालीमा राप्रपाका कार्यकर्ता र प्रहरीबीच हात हालाहाल

काठमाडौं । काठमाडौंको भद्रकालीमा राप्रपाका कार्यकर्ता र प्रहरीबीच हात हालाहाल भएको छ । प्रहरीले राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरालगायतलाई पक्राउ गर्न खोजेपछि धकेलाधकेल भएको हो ।

मूल सकडमा हिँडिरहेका अध्यक्षसहित नेता-कार्यकर्तालाई छेउतर्फ जान आग्रह गर्दा प्रहरी र उनीहरूबीच धकेलाधकेल भएको हो । प्रहरीसँगको धक्कामुक्कीपछि उनीहरू प्रहरीविरुद्ध नाराबाजी गर्दै अगाडि बढेका छन् ।

पृथ्वीनारायण शाहको २९९औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले बाजागाजासहित र्‍याली निकालेको थियो । राप्रपा अध्यक्ष जबरासहितका नेता-कार्यकर्ता भद्रकालीमा भेला भई र्‍यालीसहित सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ ।