आज थपिए २५९ जना कोरोना संक्रमित,थप ५ जनाको मृत्यु

आज थपिए २५९ जना कोरोना संक्रमित,थप ५ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप २५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५१३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५८ हजार ४ सय ४१ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९१७ रहेको छ ।