आज थपिए ५५४ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

आज थपिए ५५४ जना कोरोना संक्रमित, थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज थप ५५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५२६९ जनाको गरिएको पीसीआर परीक्षणमा ५५४ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ५८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५७ हजार २ सय २९ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १९०९ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा २०७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १७१, भक्तपुरमा १३ र ललितपुरमा २३ जना संक्रमित थपिए ।