२०२० मा चर्चामा रहेका नेपाली

२०२० मा चर्चामा रहेका नेपाली

कोरोना भाइरसका कारणले गर्दा अंग्रेजी २०२० सोचेको जस्तो कसैको पनि भएन। उज्यालो भन्दा अन्धकार बढी भयो । कोरोनामय बनेको यो वर्ष कुनै क्षेत्रका लागि पनि त्यति उपलब्धिमूलक भने बन्न सकेन । यद्यपि कोरोना कहरका बिच पनि केही नेपालीहरुले आफ्नो काम र पहिचानलाइ आत्मसार गरेको कारण विश्वभरबाट प्रशंसा बटुल्न सफल भएका छन् ।

सपना रोका मगर

बेलायती समाचार संस्था ब्रिटिस ब्रोडकास्टिङ सर्भिस (बीबीसी)ले बनाएको उत्प्रेरक र प्रभावशाली सय महिलाको सूचीमा नेपालकी सपना रोका मगर पनि परिन । उनले पशुपति आर्यघाटमा  बेवारिसे शवहरूको व्यवस्थापन संगै दागबत्ती दिँदै आएकी छिन।  १८ वर्षीय युवतीको साहस र कर्मलाई सम्मान गदै बीबीसीले प्रभावशाली महिलाको सुचीमा उनलाई समेटेको हो ।

राजनीति, उद्यम, कला, साहित्य, सेवाजस्ता क्षेत्रमार्फत् महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्ने संसारभरका सय महिला छनौट गरी सन् २०१३ यता बीबीसीले प्रत्येक वर्ष यस्तो सूची सार्वजनिक गर्दै आएको छ । 

सपना सँगै विश्वका विभिन्न मुलुकका महिलाहरू उक्त सुचीमा अटाए ।

सन्तोष शाह

बेलायतको चर्चित टेलिभिजन रियालिटी कार्यक्रम बीबीसी मास्टर सेफमा फाइनल प्रतियोगीका रूपमा अगाडी आएपछि सिराहा नेपालका सन्तोष शाह २०२० को अन्तिम केही महिनामा निकै चर्चामा रहे । अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित बीबीसी मास्टर सेफ प्रतियोगितामा नेपाली खाना लिएर प्रतिस्पर्धा गर्ने सन्तोष नै पहिलो नेपाली सेफ भए । 

आर्थर गन (दिवेश पोखरेल)

बिश्वको चर्चित गायन रियालिटी कार्यक्रम अमेरिकन आइडलको १८ औ संस्करणमा फस्ट रनर अपको टाइटल जिते पछि आर्थर गन अर्थात् दिवेश पोखरेलको चर्चा बिश्वमै भयो।  आइडलमा रहेका विश्व उत्कृस्ट गायक गायिकाले  उनको गयान शैलीको खुलेरै  तारिफ गरे ।  काठमाण्डौमा सन् १९९७ मा जन्मिएका दिवेश पोखरेलले आफ्नो कलाबाट विश्व भरको ध्यान खिच्न सफल बने ।

भीम निरौला

सात वर्ष अगाडि भाइरल भएको गीत थियो ‘सन्डे मर्निङ लभ यू...’ गायन, शब्द र भिडियो प्रस्तुतीका कारण यो गीतलाई मजाक गर्ने धेरै भए । खिसी गरेरै सही, गीत हिट भइदियो । तर, यसको रौनक यतिमै सिमित भएन । बेलायतको चर्चित रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’(बिजीटी) मा समेत यो गीत पुग्यो । ब्रिटेन गट ट्यालेन्टको १४ औ सिजनमा सेमी फाइनल सम्म पुगेर नेपाली मूलका भीम निरौलाले विश्वको ध्यान पुनः खिचेका छन् ।

कुर्तीस वार्टस अभिनव बस्ताकोटी

हार्म फ्रयान्कलिन सँगको सहकार्यमा तयार भएको स्टनीन नामक गीतका कारण रातारात चर्चामा आएका नेपाली मूलका क्यानेडियन गायक हुन् अभिनव बस्ताकोटी।  

युट्युबमा हाल सम्म २ करोड ५० लाख भन्दा बढी पटक हेरिएको छ भने  सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चामा रहेको गीतका कारण उनी सबैको नजरमा आउन सके उनि ।  

एन्जल लामा 

नेपालमा पहिलो पटक आयोजना भएको मिस युनिभर्स नेपाल २०२० मा ट्रान्सवोमनको तर्फबाट एन्जल लामा भाग लिएकी थिइन । उनि प्रतियोगी बने संगै सामाजिक संजाल र देश बिदेशको ध्यान उनि तिर खिचियो ।  

उनले जीवनमा गरेका संघर्ष, र आफ्नो पहिचानको निम्ति समाज संग गरेको लडाईको कारण उनको चर्चा २०२० को अन्तमा धेरै नै भयो। सन् २०१८ मा मिस पिंक उपाधि जितेकी थिइन।  

उज्वल बिक्रम थापा 

एसिड आक्रमणमा परेका पिडितहरुलाई हौशला, माया, साथ र बाच्ने आधार दिने व्यक्ति हुन् उज्वल बिक्रम थापा । उनले गरेका सेवाको शब्दमा बयान गर्न भने भने सकिदैन । एसिड स्वतन्त्र रुपले बिक्रिमा रोक लगाउनु  पर्छ र  एसिड आक्रमण गर्नेहरुलाई कडा भन्दा कडा कारवाहीको गर्नु पर्छ भन्दै सरकारलाई घच्घचाउने कार्य गरिरहेका छन् ।   उनि थुप्रै नेपाली युवाका प्रेरणाका श्रोत बनेका छन् ।  

उनको यहि सामाजिक कामलाई कदर गर्दै नेपाल सरकारले संविधान दिवसको अवसरमा उनलाई सम्मान पनि गरेको थियो। हालसालै उनले गरेको मेहेनेतको फल स्वरुप  सरकारले एसिड आक्रमणमा परेका सबैको निशुल्क उपचार गरिदिने, एसिड खुल्ला रुपले बिक्रि गर्नेलाई झनै कडा कारवाही गर्ने नियम ल्याएको छ।    

रामजी अधिकारी
 
यो वर्ष सामाजिक संजाल, युट्युबमा सामाजिक काममा अगाडी बढेको सबै भन्दा बढी सुनिएको सामाजिक संस्थाको नाम हो मानव सेवा आश्रम। सडकपेटीमा अलपत्र परेका व्यक्ति, असहाय, अपाङ्ग, मनोरोगीको आश्रयस्थल बनेको छ, मानव सेवा आश्रम ।  यो संस्थालाई अगाडी निरन्तरता दिइरहेका छन् यसका संस्थापक रामजी अधिकारी र उनको समुहले । कोहि पनि अलपत्र भएर सडकपेटीमा बस्नु नपरोस भनेर उनीहरुले बिभिन्न अभियानहरु संचालन गरिरहेका छन्। 

०६६ सालमा सकारात्मक सोचसँग असल चरित्र निर्माण गर्ने उद्देश्यका साथ सुरु गरिएको यस संस्थाले अहिलेको मिति सम्म ६ प्रदेश, १२ जिल्लाका १४ स्थानमा मानव सेवा आश्रमका खोलिसकेका छन् भने आश्रममा ८ सय जना अनाथ, अपाङ्ग, अशक्त र असहायले आश्रय लिएका छन् ।     

बब्लु गुप्ता 

कोराना भाइरस बढे संगै नेपाल सरकारले यसको नियन्त्रणको लागि भन्दै लकडाउन घोषणा गर्यो।  यो संगसंगै सबैको जनजीवनमा ठुलो असर पर्यो । मध्यम बर्गीय परिवार र ज्यालादारी मजदुरी गरेर जीवन चलाउने जनतालाइ झनै यसले मार पर्यो । यसैलाई मध्यनजर गर्दै बब्लु गुप्ताको सामाजिक समुह हन्ड्रेड यसले हरेक दिन टुडिखेल लगायतको ठाउँमा निशुल्क भोजनको आयोजना गर्यो । 

हजारौको संख्याले लकडाउन भरि निशुल्क खाना खाए ।   साथै लकडाउन र आर्थिक कारणले आफ्नो घर फर्किन नपाएकाहरुको लागि निशुल्क यातायातको व्यवस्था गरेका थिए । केहि समय प्रशासनले यस कार्यमा अवरुद्द गराउन खोजे पनि चौतर्फी दवाब पछि फेरी यो सामाजिक कार्य सुचारु भएको थियो ।