आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ४, तेह्रथुममा १, धनकुटामा १, मोरङमा ५, सुनसरीमा ८, धनुषामा ५, पर्सामा १, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा १, काठमाडौँमा १९८, काभ्रेमा ७, चितवनमा ८, धादिङमा १०, नुवाकोटमा २, भक्तपुरमा २५, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा २८ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा २, कास्कीमा २५, गोरखामा २, नवलपरासी पूर्वमा २, पर्वतमा १, लमजुङमा १, बागलुङमा ४, स्याङजामा ३, अर्घाखाँचीमा ३, गुल्मीमा २, दाङमा १, नवलपरासीमा २, पाल्पामा ५, प्यूठानमा ३, बर्दियामा २, बाँकेमा ४, रुपन्देहीमा २५, रोल्पामा ३, दैलेखमा ६ तथा हुम्लामा १ जना संक्रमित थपिएका छन्।