४०९ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

४०९ जना कोरोना संक्रमित थपिए, थप ६ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा ४०९ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ९५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५६ हजार १६१ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार १ सय ३३ पुगेको छ ।