५२२ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

५२२ जना कोरोना संक्रमित थपिए, थप ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५२२ कोरोना संक्रमित थपिएका छन् । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । योसंगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ सय ७८ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख ५५ हजार ६६६ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल कुल सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ पुगेको छ ।