काठमाडौं उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित,  बिना काम घर बाहिर ननिस्कन सुझाव

काठमाडौं उपत्यकाको वायु अहिलेसम्मकै प्रदूषित,  बिना काम घर बाहिर ननिस्कन सुझाव

काठमाडाैं । काठमाडौं उपत्यकाको वायु अहिलेसम्मै प्रदुषित भएको पाइएको छ । मङ्गलबार अर्थात् आजको वायु अहिलसम्मकै दुषित भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । वायु प्रदुषणको तह उच्च विन्दुमा पुगेपछि अमेरिकी राजदूतावासले पनि घरभित्र बस्दा झ्याल ढोका बन्दा गरेर, मास्क लगाएर बस्न सुझाव दिएको छ । प्रदूषित वातावरणमा सावधानी अपनाएर हिँड्नसमेत आग्रह गरेको छ ।

आईक्यूएयरका अनुसार नेपालको वायु प्रदूषणको तह ४८८ पुगेको जनाए पनि वातावरण विभागले काठमाडौं उपत्यकाको मङ्गलबार वायुप्रदूषण अहिलेसम्मकै बढी भए पनि सूचाकाङ्क ३०० पुगेको वन तथा वातावरण मन्त्रालय अन्तरगत वातावरण विभागका उप—महानिर्देशका इन्दु विक्रम जोशीले बताए । अघिल्ला वर्षहरुमा यही समयमा वायु गुणस्तर सूचाकाङ्क १९० मा सिमित हुने थियो । 

यसवर्ष ह्वात्तै वायुप्रदुषण बढेकाले स्वास्थ्यमा गम्भिर असर पार्न सक्ने उनले सुनाए । उपत्यकासँगै तराई क्षेत्रका वायु गुणस्तर सूचाकाङ्कमा अझ वृद्धि भएको उप—महानिर्देशक जोशीले बताउँछन् । काठमाडौँ उपत्यका कचैरा आकारको भएकाले यहाँ भित्र भएका प्रदूषित वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण प्रदूषित भएको उप—महानिर्देश जोशी बताउँछन् ।

उपत्यकामा सबैभन्दा बढि वायुप्रदुषण यातायातको साधनले बनाउने भएकाले अनावश्यक रुपमा सवारी साधन नचलाउन समेत उनले आग्रह गरे । वायुप्रदूषण ह्वात्तै बढाउने कारक तत्वमध्ये  उपत्यकाका इँटा उद्योग, सवारी तथा कलकारखानाबाट निस्किएको धुवाले वातावरणलाई दूषित बनाएको उनले सुनाए । जाडो याममा इँटा उद्योगहरुले इँटा पोल्ने गर्छन् ।