आज थपिए ४०३ जना कोरोना संक्रमित, थप ७ जनाको निधन

आज थपिए ४०३ जना कोरोना संक्रमित, थप ७ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ९४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५५ हजार ८८ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ५२ हजार ९ सय ३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ८५ जना पुगेका छन् ।