नक्कली पिसिआर रिपोर्ट देखाएर विदेश उड्न लागेका ७ पक्राउ

नक्कली पिसिआर रिपोर्ट देखाएर विदेश उड्न लागेका ७ पक्राउ

काठमाडौं । नक्कली पिसिआर रिपोर्टसहित ७ जना  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  नक्कली पिसिआर देखाएर विदेश उड्न लागेका उनीहरूलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा फ्लाई दुबईको उडानबाट दुबई जान लागेका नेपाली रहेका छन्। 

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।